युनिटी टोलमा बोल्ने कला तालिम सम्पन्न

पाेखरा | जेठ ३२, २०८०

युनिटी टोलमा बोल्ने कला तालिम सम्पन्न

पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरिपाटन स्थित युनिटी टोल विकास संस्थाले १० दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।

 

१० दिन सम्म सञ्चालन भएको तालिममा १८ जना प्रशिक्षार्थीले बोल्ने कलाका विषयमा तालिम लिएका थिए । तालिममा बोल्ने कलाका विषयमा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्ल, मानवअधिकारका विषयमा इन्सेक गण्डकीका संयोजक शिब खकुरेल, मनोविद विजय राईले प्रशिक्षण प्रदान गरेका थिए । 

 

समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले वडा नम्बर १४ भरिमै युनिटी टोलको छवि पृथक भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालको १ बर्ष सकिएको तथा अब ४ बर्ष अझै जुझारु ढंगले वडाको विकासमा समर्पित हुने दावी गर्नुभयो । युनिटी टोल विकास संस्थाका अध्यक्ष तेजिन्द्र बहादुर कंडेलले तालिममा सिकेका विषयलाई व्यवहारिक ज्ञानको विषय बनाए मात्रै तालिमको औचित्य हुने बताउनुभयो । उहाँले यस्ता सृजनात्मक तालिमहरुले मानिसमा अब्यक्त  प्रतिभा प्रस्फुटन हुने साथै बोल्नेकलाले नै नेतृत्वकलाको विकास हुने बताउनुभयो ।

 

उक्त अवसरमा टोलका तर्फबाट पोखरा महानगरपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगितामा सान्तन्वा स्थान हासिल गर्ने सुमित्रा लम्साल, कविता अधिकारी र लक्ष्मी अधिकारी तथा प्रथम वडाअध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने टोलका चोकबहादुर थापा र थमनसिंह थापालाई सम्मान गरिएको थियो । 

 

कार्यक्रममा युनिटी टोल विकास संस्थाबाट तालिममा सहभागीहरुले तालिममा सिकेका अनुभवका बारेमा बोलका थिए । तालिममा लक्ष्मी लामिछाने अधिकारी, रामबहादुर कार्की, शुशिला गुरुङ, कविता अधिकारी, सुवेदार मेजर चन्द्रबहादुर क्षेत्री, गीता अधिकारी, जेजुनाथ लम्साल, छलिमाया कँडेल, प्रविण गुरुङ्ग, अनिता थापा, सुमित्रा लम्साल, शारदा केसी, गौतम क्षत्री, तारा गुरुङ, रिता गुरुङ, स्मृति गुरुङ, अनुषा कार्की सहभागी थिए । 


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्